बृहत्को १३ औं ‘रिमा’ तालिम पूरा, थप एजेन्ट उत्पादन



बृहत् प्रोपर्टी सोलुसन्स् (बीपीएस) ले आयोजना गरेको १३ औं ब्याचको रियल इस्टेट मार्केटिङ एजेन्ट (रिमा) तालिम सम्पन्नभएको छ ।

बृहत् प्रोपर्टी सोलुसन्स् (बीपीएस) ले आयोजना गरेको १३ औं ब्याचको रियल इस्टेट मार्केटिङ एजेन्ट (रिमा) तालिम सम्पन्नभएको छ । ‘बीपीएस’ रियल इस्टेट क्षेत्रमा नेपालको प्रतिष्ठित व्यावसायिक समूह ‘बृहत ग्रुप’ अन्तर्गतको कम्पनी हो ।

१९ देखि २१ जुलाई २०१८ सम्म काठमाडौंमा आयोजित १३ औं ब्याचको रिमा तालिममा रियल इस्टेट एजेन्ट र व्यावसायिक प्रतिष्ठान समेतका ११ जनाको सहभागिता थियो । यस १३ औं रिमा ब्याचमारियल इस्टेट कै क्षेत्रमा कार्य गर्दै आउनु भएका व्यक्तित्वहरूको उपस्थिति रह्यो । 

Post your views